• १६ असार २०८१, आइतबार

'चपली हाइट ३' पुन: प्रदर्शन हुने

blog

काठमाडौं, साउन १३ गते । निकेश खड्काको निर्देशनमा बनेको फिल्म 'चपली हाइट ३' पुनः सिनेमा हलमा प्रदर्शन हुने भएको छ । फिल्म गत पुस ३० गते रिलिज भएको थियो । तर लकडाउनका कारण प्रदर्शन बीचमै रोकिएको थियो । 

अब फिल्म साउन २० गतेदेखि फेरि प्रदर्शन गरिने निर्माता अर्जुन कुमारले जानकारी दिनुभयो । कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण धेरै दर्शकले ‘चपली हाइट ३’ हेर्न पाएका थिएनन् । 

फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतको मुख्य भूमिका छ ।