• २१ वैशाख २०८३, सोमबार

बागलुङमा तेस्रो संस्करणको ‘आदर्श कप’ फुटबल हुने

blog

आदर्श कप फुटबलबारे सञ्चारकर्मीलाई जानकारी गराइदै । फाइल तस्बिर

रामकृष्ण बोहरा
बागलुङ, वैशाख २१ गते ।
जिल्लामा तेस्रो संस्करणको आदर्श कप फुटबल प्रतियोगिता हुने भएको छ । आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबको आयोजनामा माध्यमिक शिक्षा परीक्षा (एसइई) स्तरीय दोस्रो आदर्श कप पुरुष तथा महिला फुटबल हुने भएको हो ।

आगामी जेठ १५ देखि २२ गतेसम्म बाङेचौर खेलमैदानमा चल्ने प्रतियोगितामा पुरुषतर्फ विजेता टोलीलाई आदर्श कपसहित ७५ हजार पाँच सय र उपविजेता टोलीलाई ३७ हजार सात सय ५० रुपियाँ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबका अध्यक्ष राजेश केसीले जानकारी दिनुभयो ।

यस्तै, महिलातर्फको विजेता टोलीले आदर्श कपसहित नगद ४० हजार र उपविजेता टोलीले २२ हजार रुपियाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडि, मिडफिल्डर, उच्च गोलकर्ता, गोलरक्षक र उत्कृष्ट फरवार्डसंगै अनुशासित टोलीलाई नगदसहित पुरस्ककृत गरिने अध्यक्ष केसीले जानकारी दिनुभया ।

प्रतियोगिता सञ्चालन गर्न सात लाख रुपियाँ खर्च हुने आयोजकको अनुमान छ । विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचान गर्न प्रतियोगिता एक अवसर बन्ने सह–आयोजक समेत रहेको आदर्श विद्यामन्दिर माविका प्रिन्सिपल भूपेन्द्रले केसीले बताउनुभयो ।