• ४ साउन २०८१, शुक्रबार

देशमा सुशासन छैन : नेता कोइराला

blog

फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १२ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले देशमा सुशासन नरहेको दाबी गर्नुभएको छ । बिहीवार काठमाडौंमा आयोजित डा. दीपकप्रकाश बास्कोटाद्वारा लिखित ‘निष्ठाको यात्रा’ नामक कृतिको लोकार्पण एवम् वैदिक नेपालको भविष्य नामक समारोहमा उहाँले यस्तो बताउनुभएको हो । 

नेता कोईरालाले नेपाललाई श्रीलंकाको अवस्थामा पुग्न नदिन देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन दिन सक्नुपर्ने बताउनुभयो । अहिलेका राजनीतिकर्मीहरु जनताबाट धेरै टाढा भइसकेको उहाँको भनाइ छ । राजनीति गर्नेहरुले जनतासँग जोडिन आवश्यक रहेको उहाँले बताउनुभयो । 

नेता कोईरालाले भन्नुभयो, ‘हामी राजनीति त गर्छौं तर जनतासँग धेरै टाढा भइसकेका छौँ । जनतासँग नजोडिकन राजनीति गर्न थाल्यौं भने राजनीतिज्ञ त हौंला, तर त्यसबाट जनताले केही पाउँदैनन् ।’ राजनीति गर्नेसँग नैतिकता अपरिहार्य भएको उहाँले बताउनुभयो । 

नेता कोईरालाले अहिले देशको परिस्थिति अप्ठ्यारो अवस्थामा रहेको बताउनुहुँदै थप्नभयो, “अहिले सरकारको काम गर्ने गति र शैली सही छैन, आलस्य गरेर सत्ता सञ्चालन गर्दा देशको स्थिति कहीँको रहँदैन ।”