• ४ साउन २०८१, शुक्रबार

नेता पौडेल र भारतीय राजदूतबीच भेटवार्ता

blog

काठमाडौं, साउन १२ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नवनियुक्त भारतीय राजदुत नविन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ । 

राजदूत श्रीवास्तवले बिहीबार पौडेल निवास बोहोराटारमा पुगेर भेटवार्ता गर्नुभएको हो । वरिष्ठ नेता पौडेलको निजी सचिवालयका अनुसार राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले पौडेलसँग शिष्टाचार भेट गर्नुभएको हो । 

भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको र वरिष्ठ नेता पौडेलले राजदूत श्रीवास्तवलाई सफल कार्यकालको शुभकामना दिनुभएको छ ।