• ४ साउन २०८१, शुक्रबार

राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित

blog

काठमाडौं, साउन १२ गते । राष्ट्रियसभाबाट नागरिकता ऐनको संशोधन विधेयक पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकले प्रतिनिधिसभाबाट पारित भएर आएको विधेयक बहुमतले पारित गरेको हो ।

राष्ट्रियसभामा भएको छलफलपछि गृहमन्त्री बालकृष्ण खाणले सांसहरुको प्रश्नको जवाफ दिनुभएको थियो । त्यसपछि बैठकले ‘‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’’ बहुमतले पारित गरेको हो ।

यसअघि साउन ६ गते प्रतिनिधिसभाले यो विधेयक पारित गरेको थियो ।

यो विधेयक राष्ट्रियसभाले प्रतिनिधिसभामा नै फिर्ता पठाउने छ र प्रतिनिधिसभाले राष्ट्रपति समक्ष पठाउने छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त विधेयक कार्यान्वयनमा आउनेछ ।

राष्ट्रियसभा र प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएपछि जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउनेछन् ।

प्रतिनिधिसभा बैठक शुक्रबार बिहान ११ बजे बस्दै छ ।