• ४ साउन २०८१, शुक्रबार

'चाैतारीमा लर्के बर' गीतको भिडियो सार्वजनिक

blog

काठमाडौं, साउन १२ गते । गायिका अम्बिका बस्नेत र राम कुमार नेपालीले स्वर भर्नुभएकाे 'चाैतारीमा लर्के बर' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ब्राण्डयू पिक्चर्सका लागि देवराज वस्नेतले निर्माण गर्नुभएको गीत 'चुईचुई पारेर' टिभी च्यानलबाट सार्वजनिक गरिएको हो । 

हिन्दू नारीहरूको महान् पर्व तीजलाई लक्षित गर्दे सार्वजनिक भिडियोमा शारदा रसाईलीको लयसंगीत, नारायण दंगालको सङ्गीत संयोजन, राम केसीको छायांकन र सपना लम्सालको श्रृंगार रहेको छ । 

शोभा त्रिपाठी, निक्स शर्मा, विपना बस्नेत र देवराज बस्नेतको अभिनय रहेको भिडियोलाई कलाकार उत्तम केसीले निर्देशन गर्नुभएको हो । 

निरेन श्रेष्ठको कोरियोग्राफि रहेको गीतको भिडियोको सम्पादन र रंग संयोजन राजकुमार मगरले गर्नुभएको हो ।