• ४ साउन २०८१, शुक्रबार

सोतोकान कराते टोलीको बिदाइ

blog

जापान जाने सोतोकान कराते टोलीलाई विदाइ गरिँदै । तस्बिर : राखेप

काठमाडौं, साउन १२ गते । १५औं विश्व सोतोकान कराते च्याम्पियनसिपमा सहभागी हुन जापान जाने २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोलीलाई बिहीबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शनिबार जाने टोलीलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । 

साउन १६ देखि २२ गतेसम्म हुने प्रतियोगिताको पुरुष ७० केजीमुनि फणिन्द्रप्रसाद जंगम र महिला ५५ केजीमुनि अद्रिना थापाले नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ । टोली प्रमुखमा नेपाल सोतोकान कराते संघका प्रमुख प्रशिक्षक एवं अध्यक्ष हेमकुमार श्रेष्ठ तथा व्यवस्थापकमा लीलाराज डाँगी हुनुहुन्छ ।