• ४ साउन २०८१, शुक्रबार

चितुवाको छालासहित दुई पक्राउ

blog

लक्ष्मणदत्त पन्त

महेन्द्रनगर, साउन १२ गते । कञ्चनपुरमा चितुवाको छालासहित दुई जनालाई पक्राउ गरिएको छ । कृष्णपुर नगरपालिका –३ देखतभुलिबाट डडेल्धुराको अमरगढी नगरपालिका ३ काँडेघर भएका ४० वर्षिया मालती मल्ल सेठी र वडा २ जोसिनाका २९ बर्षिय मोहन साकी चितुवाको छालासहित पक्राउ परेका हुन् ।  

सुदूरपश्चिम प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहको संयुक्त टोलीले बिशेष सूचनाका आधारमा देखतभुलीस्थित निरञ्जन मल्लको घरबाट सो छाला बरामद गरेको जनाएको छ ।  

एउटा छाला ८ फिट ८ ईन्च लम्बाई र ३ फिट चौडाईको छ । यस्तै, अर्को ७ फिट २ ईन्च लम्बाई र दुई फिट ८ ईन्च चौडाईको रहेको प्रहरीको भनाइ छ । २ थान चितुवाको छालासहित उनिहरुलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब निरीक्षक चक्रबहादुर शाहले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पक्राउ परेका दुवै जना कुखुरा फार्ममा काम गर्ने कामदार हुन्, पहाडबाट छाला ल्याएर यता लुकाएको हुनसक्छ, उनिहरुलाई वन कार्यालयको जिम्मा लगाउँछौ ।’