शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, साउन ८ गते । सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय रुपियाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९४ हजारमा कारोबार भएको उक्त सुन आज प्रतितोला पाँच सय रुपियाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार पुगेको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला ९३ हजार पाँच सय थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले घटेर एक हजार १५५ तोकिएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                -(1)-square-thumb.jpg) 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                