• १० मंसिर २०८१, सोमबार

सेयर प्रत्याभूति

blog

काठमाडौँ, साउन ६ गते । नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ । 

सेयर प्रत्याभूतिसम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युत्का तर्फबाट डा. भूषण गुरागाईंले हस्ताक्षर गर्नुभएको हो । सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण सेयरमा एक सय रुपियाँ अङ्कित दरले हुन आउने ५४ करोड ८८ लाख रुपियाँको सेयर कोषले प्रत्याभूति गर्नेछ ।