शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बोमलाल गिरी
नवलपुर, फागुन २१ गते । नवलपुर जिल्लामा जम्मा ५८.०८ प्रतिशत मत खसेको छ । जसमध्ये ६३.०४ प्रतिशत अर्थत ८७ हजार ९३६ महिला र पुरुष ५३.७१ प्रतिशत अर्थात ६८ हजार २१ जनाले मतदान गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
पुरुष मतदाता धेरै विदेशमा रहेका कारण पनि महिलाको तुलनामा कम मत खसेको आँकलन गरिएको छ । ०७९ को निर्वाचनमा यहाँ ७५ प्रतिशत मत खसेको थियो । दुई निर्वाचन क्षेत्र रहेको नवलपुरमा २ लाख ६८ हजार ५२६ मतदाता थिए ।
अहिले मटपेटिका संकलनको काम भइरहेको र सर्वदलीय बैठक राखेर आजै रातिदेखि नभए भोलि बिहानैदेखि मतगणनाको काम अघि बढाउने जिल्ला निर्वाचन अधिकृत लालप्रसाद शर्मा भुसालले बताउनु भएको छ । मतगणना सुरु गरेको २४ घण्टा भित्र मतपरिणाम सार्वजनिक गर्ने उहाँको भनाइ छ ।