• १४ असार २०८१, शुक्रबार

विपद् प्रतिकार्य सम्बन्धी समन्वयात्मक बैठक

blog

काठमाडौं, साउन ३ गते। नेपाली सेनाको आयोजनामा ‘विपद् प्रतिकार्य सम्बन्धी समन्वयात्मक बैठक-२०७९’ सम्पन्न भएको छ। 

वर्षायामसँगै हुनसक्ने सम्भावित विपद्का जोखिमलाई मध्यनजर गर्दै उद्दार कार्यको योजना, फौजको प्रभावकारी परिचालन, उद्दार तथा प्रतिकार्यका निमित्त विपद् प्रतिकार्यमा खटिने सबै सरोकारवाला निकायहरुबीच छलफल एवं समन्वय गर्न आवश्यक भएकाले नेपाल सरकारका विभिन्न सरोकारवाला मन्त्रालयका सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा नेपाली सेनाले जङ्गी अड्डामा बैठक बसेको हो। 

समन्वयात्मक बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकले आ-आफ्नो मन्तव्य राख्नुर भएको थियो। उक्त बैठकको दौरान नेपाली सेना, युद्धकार्य निर्देशनालयले विपद् व्यवस्थापन सम्बन्धी विविध विषयहरुमा प्रस्तुतिकरण गरेको थियो।

बैठकले विपद् प्रतिकार्यमा परिचालन हुने सम्पूर्ण निकायको क्षमता अभिवृद्धि भएर विपद् व्यवस्थापन कार्य थप प्रभावकारी हुने विश्वास नेपाली सेनाले लिएको छ।