शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काबुल, ८ गते । लगभग एक वर्षको समय अवधिमा ४० लाख भन्दा बढी अफगान शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तानमा फर्केको शरणार्थी र स्वदेश फिर्ती मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले बताउनु भएको छ ।
चालु वर्षको सुरु देखि अफगानिस्तानमा ४० लाख ७६ हजार ८०८ जना अफगान शरणार्थी फर्केको जनाइएको छ । फर्किनेमा स्वेच्छाले फर्केका र निर्वासितसमेत समावेश रहेको अफगानिस्तानका रेडियो टेलिभिजन लगायतका मिडियाले हक्कानीलाई उद्धृत गर्दै जनाएका छन् ।
स्वदेश फर्केर, अस्थायी रूपमा शिविरमा बसेकाहरु सबैलाई अत्यावश्यक सहायता प्राप्त गरेपछि आ-आफ्नो गृह प्रान्तमा सारिएको आधिकारिक मिडियाले जनाएका छन् । सन् २०२१ अगस्टमा अफगान सरकारले सत्ता सम्हालेपछि ८० लाखभन्दा बढी अफगान शरणार्थी स्वेच्छाले छिमेकी राज्य र अन्य देशबाट स्वदेश फर्केको जनाइएको छ । रमासस/सिन्ह्वा