• ८ फागुन २०८२, शुक्रबार

आफैंले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

blog

दुर्घटनाग्रस्त ट्याक्टर ।

नवीनराज कुइँकेल

लमजुङ, फागुन ८ गते । लमजुङको दोर्दी गाउँपालिका–१, भारते ढिन गाउँमा आफैँले चलाएको ट्याक्टरले च्यापिएर शुक्रबार चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला घर भई हाल सुन्दरबजार नगरपालिका–६ बस्दै आएका अन्दाजी ४२ वर्षीय शेरबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । 

सोहि ठाउँमा लोड गरिएको ढुङ्गा ओसारपसार गर्ने क्रममा ग‍. १ त. ४३९४ नं. को ट्याक्टर शुक्रबार बिहान साढे ११ बजेतिर अचानक सडकमा पल्टिन पुगेको हो । सोहि क्रममा अगाडिको इन्जिनसहितको भाग माथि उठेर झर्दा चालक बसेको सिटसमेत च्यापिएर उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक अभिषेक पाण्डेका अनुसार जेसिभीको प्रयोग गरी चालक तामाङको शव निकालेर बेँसीसहर ल्याइएकाे छ ।