• १ फागुन २०८२, शुक्रबार

खत्रीको दोस्रो कृति प्रकाशित

blog

हुम्ला, फागुन १ गते । साहित्यकार तारा खत्री रोकायाको दोस्रो कृति प्रकाशित भएको छ । एक वर्षको अवधिमा उहाँको यो कृति प्रकाशित भएको हो । आफूले एक वर्षयता लेखिएका कविताको सङ्ग्रहका रूपमा ‘जितको उज्यालो’ दोस्रो साहित्यिक कृतिका रूपमा प्रकाशन गर्न सफल भएको साहित्यकार खत्रीले बताउनुभयो । उक्त कवितासङ्ग्रहमा दुई सय कविता रहेका छन् । 

प्रकाशित कवितासङ्ग्रहमा कविताका विषयवस्तु भने आफ्नै जीवनमा भोगेको भोगाइलाई बनाइएको उहाँले बताउनुभयो । कवितासङ्ग्रह बिक्रीबाट आउने रकम पूर्णतारा फाउन्डेसनमार्फत गरिब तथा जेहेनदार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिने छ ।