• २९ माघ २०८२, बिहिबार

बुढासुब्बा गोल्डकप : चर्च ब्वाइज फाइनलमा

blog

निशा राई

धरान, माघ २९ गते । २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा साविक उपविजेता चर्च ब्वाइज युनाइटेड, काठमाडौँले झापा–११ लाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

धरान–१६ स्थित रङ्गशालामा बिहीबार भएको खेलमा चर्च ब्वाइज युनाइटेडका मिलन राईले तेस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो । 

१७औँ मिनेटमा अवोयमि फकुल्नेले गोल गर्नुभएपनि २८औँ मिनेटमा चर्च ब्वाईजको अभिसेक लामाको आत्माघाती गोलले झापाको अग्रता सुनिश्चित भयो । ६६औँ मिनेटमा एरोन थापामगरले गोल गर्दै खेल बराबरीमा ल्याएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा चर्च ब्वाइजको तर्फबाट एरिक बिस्ट, रोहन कार्की र सुदिप श्रेष्ठले गोल गर्नुभयो । सुमित श्रेष्ठको प्रहार असफल भयो । झापाको तर्फबाट प्रशान्त लक्षमले मात्र गोल गर्नुभयो । एरोन थापामगर, राजेश दाहाल  र गौरव धिमालको प्रहार चर्च ब्वाइज युनाइटेडका गोलरक्षकले विफल पारिदिनुभयो । 

चर्च ब्वाइजका गोलरक्षक प्रमिजया गच्छादारलाई ‘म्यान अफ दि म्याच’ हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । फाइनल खेल शनिबार प्लानिङ व्वाइज युनाइटेड र चर्च ब्वाइज युनाइटेडबिच हुनेछ ।