शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मलेखु (धादिङ), माघ २५ गते । थाक्रे गाउँपालिकास्थित महादेवबेँसी नजिकै दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । काठमाडौँबाट रसुवाका लागि छुटेको बागमती प्रदेश०१००६ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३–०१००६ख. १५५२ नम्बरको बस आज बिहान ठोक्किएका थिए ।
दुर्घटनामा एक जनाको मृत्यु भएको र मृतकको पहिचान नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिनुभयो । ठक्करपछि बस अनियन्त्रित भई सडक किनारामा रहेको चिया पसलमा ठोक्किन पुग्दा एक व्यक्तिको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक थापाले भन्नुभयो “मृतकको पहिचान भइसकेको छैन । दुर्घटनाका घाइतेहरूको सङ्ख्या एकिन भइसकेको छैन । अहिले उद्धारकार्य जारी छ ।” रासस