शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ २५ गते । गोरखापत्र संस्थानका पूर्व कर्मचारी चन्द्रवती बज्राचार्यको शनिबार निधन भएको छ ।
संस्थानको कम्प्युटर शाखामा सहायक कम्प्युटर अधिकृत बज्राचार्य शनिबार अपराह्न ४ बजे आफैँ घरको बाथरुममा नुहाउने क्रममा निस्सासिएर बेहोस भएको अवस्थामा फेला पर्नुभएको थियो ।
त्यसपछि उहाँलाई थापाथलिस्थित नर्भिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको उहाँको दिदी रेवती बज्राचार्यले जानकारी दिनुभयो ।
चन्द्रवतीको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि आइतबार टेकुदोभानमा दाहसंस्कार गरिने दिदी रेवतीले बताउनुभयो ।
२०५३ मङ्सिर ३० गते स्थायी नियुक्ति भइ २०८१ असार ११ गते सेवाबाट अवकास पाउनुभएको थियो । उहाँको श्रीमान्, एक छोरा, बुहारी र एक नाति हुनुहुन्छ ।