• २५ माघ २०८२, आइतबार

जाइका अलमनाईको अध्यक्षमा भुसाल

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, माघ २५ गते । जाइका अलमनाई एसोसिएसन फोरम अफ सार्क कन्ट्रिज( जेएएएफएससी) को अध्यक्षमा नेपाल जाइका अलमनाई एसोसिएसन (जान) का अध्यक्ष डा. रामचन्द्र भुसाल निर्वाचित हुनुभएको छ । श्रीलङ्काको राजधानी कोलम्बोमा भएको तीनदिने ‘दक्षिण एसियाको सामाजिक तथा आर्थिक विकासमा जापानको योगदान’   विषयक अन्तर्राष्ट्रिय सेमिनारपश्चात् भएको सार्क क्षेत्रका जाइका अलमनाई (जाफ्स) को निर्वाचनमा उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । 

सार्क क्षेत्रका जाइका अलमनाईको सहभागिता रहेको उक्त अन्तर्राष्ट्रिय सेमिनारमा जानका अध्यक्षमा भुसाल र उपाध्यक्ष डा. किरण रुपाखेतीले नेपालका तर्फबाट कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।