• २२ माघ २०८२, बिहिबार

धनकुटामा आगलागी हुँदा एक घर जलेर नष्ट

blog

सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) माघ २२ गते ।
धनकुटा नगरपालिका–४, छारागाउँ बरबोटेस्थित एक कच्ची घरमा आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको छ । बिहीबार बिहान करिब करिब ९ः४० बजेबाट सुरुभएको आगोले घर पूर्णरूपमा जलेर नष्ट भएको हो ।

स्थानीय लोकबहादुर श्रेष्ठको गोठमा खोले पकाउने क्रममा अचानक आगो सल्किँएर टिन ढुङ्गा माटोले बनेको एक तले कच्ची घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।

आगो धनकुटा नगरपालिकाको दुई वटा दमकल, नगर प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीहरूको सहयोगमा आगो करिब एक घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।