• २० माघ २०८२, मङ्गलबार

ताप्लेजुङमा काङ्ग्रेसको कार्यवाहक सभापति बराल

blog

नेपाली कांग्रेस ताप्लेजुङको कार्यवाहक जिल्ला सभापति डिल्लीरमण बराल ।

साहारा लिम्बू 
फुङलिङ, माघ २० गते ।
नेपाली काङ्ग्रेस ताप्लेजुङले कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी डिल्लीरमण बराललाई दिएको छ । पार्टी सभापति गजेन्द्रप्रसाद तुम्याहाङ प्रतिनिधिसभाको उम्मेदवार बनेपछि उपसभापति बराललाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।

कार्यवाहकको जिम्मेवारी पाएका बरालले पार्टी सञ्चालनको जिम्मेवारी सुरु गरिसक्नु भएको पार्टी प्रवक्ता विश्वराज नाल्बोले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन परिचालन समिति बनाउने, जिम्मेवारी बाँडफाँड गर्नेलगायतका निर्णय बरालकै अध्यक्षतामा बसेको बैठकले गरेको हो ।

बराल यस अघि उपसभापतिको जिम्मेवारीमा रहनुभएको थियो । तुम्याहाङ घरदैलो तथा चुनावी अभियानका लागि सदरमुकामबाट गाउँ प्रवेश गरिसक्नुभएको छ ।