• २१ माघ २०८२, बुधबार

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, माघ २० गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ १३ पैसा र बिक्रीदर १४६ रुपियाँ ७३ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ४१ पैसा र बिक्रीदर १७४ रुपियाँ १२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपियाँ ३३ पैसा र बिक्रीदर २०१ रुपियाँ १५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपियाँ ४५ पैसा र बिक्रीदर १८९ रुपियाँ २२ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपियाँ ७३ पैसा र बिक्रीदर १०२ रुपियाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ २२ पैसा र बिक्रीदर १०७ रुपियाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपियाँ ०३ पैसा र बिक्रीदर ११५ रुपियाँ ५० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४४ पैसा र बिक्रीदर नौ रुपियाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ०५ पैसा र बिक्रीदर २१ रुपियाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ९६ पैसा र बिक्रीदर ३९ रुपियाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ १० पैसा र बिक्रीदर ४० रुपियाँ २६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ६३ पैसा र बिक्रीदर चार रुपियाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ७८ पैसा र बिक्रीदर ३९ रुपियाँ ९५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ०७ पैसा र बिक्रीदर ३७ रुपियाँ २२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०८ पैसा र बिक्रीदर १० रुपियाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ४० पैसा र बिक्रीदर १६ रुपियाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ २२ पैसा र बिक्रीदर २३ रुपियाँ ३१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ७१ पैसा र बिक्रीदर १८ रुपियाँ ७९ पैसा, कुवेती दिनार एकको खरिददर ४७८ रुपियाँ ६४ पैसा र बिक्रीदर ४८० रुपियाँ ६१ पैसा, बहराइन दिनार एकको खरिददर ३८७ रुपियाँ ६१ पैसा र बिक्रीदर ३८९ रुपियाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३७९ रुपैयाँ ५८ र बिक्रीदर ३८१ रुपियाँ १४ पैसा रहेको छ ।

यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस