• १८ माघ २०८२, आइतबार

बागलुङमा मिनीबस व्यवसायीको चक्काजाम

blog

बागलुङ नगरपालिका-१, बाङेचौर चोकमा छोटा दुरीका छुट्ने मिनीबसले गरिएको आन्दोलन । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट) माघ १८ गते ।
बागलुङ–कुश्मा चल्दै आएका छोटा दूरीका मिनीबसले नयाँ बसपार्क उपल्लाचौरमा जान नसक्ने र ट्राफिक चोकबाटै छुट्नुपर्ने माग राख्दै सडक ठप्प पारेका हुन् । बागलुङ–कुश्मा १४ वटा मिनीबस १५ मिनेटको दूरीमा छुट्दै आएका छन् ।

उनिहरुले नयाँ बसपार्क उपल्लाचौरबाट १४६ रुपियाँ पार्किङ शुल्क तिर्न नसक्ने र यात्रुको माग अनुसार उपल्लाचौर पुग्न नसक्ने बताउँदै आएका छन् । 


उनिहरूले कर्मचारी, विद्यार्थीलाई बजार छोड्नुपर्ने भन्दै रामरेखाको बाटो उपल्लाचौर पुग्न नसक्ने माग राखेर सडक चक्काजाम गरेका छन् । सडक ठप्प भएपछि लामो तथा छोटो दूरीका लागि छुटेका बस तथा जिपहरू गन्तव्यतर्फ जान सकेका छैनन् भने यात्रुहरू अलपत्र परेका छन् ।

उनिहरूले अत्यावश्यकको सवारी साधन भने जान दिइएको जनाएका छन् । छोटो दूरीका बसलाई पार्किङ शुल्कका नाममा व्यवसायबाट पलायन बनाउन खोजेको गुप्तेश्वर यातयात प्रालिका सचिव लक्ष्मण जिसीले बताउनुभयो । उहाँले बागलुङ बजारका यात्रुलाई उपल्लाचौर छोड्न नसक्ने बताउदै आन्दोलनमा उत्रेको बताउनुभयो ।