• १८ माघ २०८२, आइतबार

बामपन्थीहरु अध्ययनशील हुनुपर्छ : पूर्वमन्त्री पन्त

blog

पूर्व शिक्षामन्त्री तथा नेकपा (एमाले) का नेता रघुजी पन्तसहित अतिथिहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, माघ १७ गते । पूर्व शिक्षामन्त्री तथा नेकपा (एमाले) का नेता रघुजी पन्तले बामपन्थीहरु अध्ययनशील हुनुपर्ने बताउनुभएको छ । देशको मुहार फेर्न आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने भएकाले बामपन्थीहरु बढी अध्ययनशील हुनुपर्ने उहाँको भनाइ छ । 

राष्टिय जनसांस्कृतिक महासंघ नेपालले शनिबार यहाँ आयोजित सामाजिक यथार्थवाददेखि समाजवादी यथार्थवादसम्म विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वमन्त्री पन्तले सो धारणा राख्नुभएको हो । कार्यक्रममा प्राडा. जिवेन्द्रदेव गिरीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

महासंघका महासचिव आरसी न्यौपानेका अनुसार प्रस्तुत कार्यपत्रमाथि प्राडा हेमनाथ पौडेल, प्राध्यापक केशब सुवेदी र नमुना शर्माले टिप्पणी गर्नुभएको थियो ।