• १७ माघ २०८२, शनिबार

गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु

blog

गाजा सिटी, माघ १७ गते । गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, उनीहरुले शरणार्थी शिविरमा शरण लिइरहेको अवस्थामा आक्रमण भएको थियो । 

हमास प्राधिकरण अन्तर्गतको मन्त्रालयका महाप्रबन्धक मुनीर अल-बर्शलाई उदृत गर्दै एएफपीले थप २० जना घाइते भएको तथा इजरायलले अपार्टमेन्ट र शिविरका नागरिकलाई लक्षित गरि आक्रमणगरेको जनाएको छ । घाइते उपचारको लागि उत्तरमा गाजा सहर र दक्षिणमा खान युनिसको अस्पतालमा पुगेको बार्सले बताउनु भएको छ । 

इजरायलले “चिकित्सा आपूर्ति, औषधि र चिकित्सा उपकरणको गम्भीर अभावको बिचमा युद्धविराम सम्झौताको गम्भीर उल्लङ्घन जारी राखेको  बार्सले जनाउनु भएको छ । अक्टोबरदेखि अमेरिकाले गरेको युद्धविराम जनवरीमा दोस्रो चरणमा पुगेको छ, जसमा हमासको निशस्त्रीकरण, क्रमिक इजरायली फिर्ती र अन्तर्राष्ट्रिय स्थिरीकरण बलको तैनाती समावेश छ । 

इजरायल र हमासले बारम्बार एक-अर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् । हमासद्वारा सञ्चालित गाजाको सरकारी प्रेस कार्यालयले शनिबारको आक्रमणमा एक विस्थापित परिवारका सात जनाको मृत्यु भएको बताएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर-१० मा युद्धविराम लागु भएदेखि ५०९ जनाको मृत्यु भएको छ । रासस/एएफपी