• १७ माघ २०८२, शनिबार

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच

blog

काठमाडौँ, माघ १७ गते। नेवाः ऐतिहासिक सांस्कृतिक भजन खलः को आयोजनामा भक्तपुरको नगदेशमा ऐतिहासिक पुलुकिसी नाच प्रदर्शन भएको छ।  

नगदेशमा परापूर्वकालदेखि नै पुलुकिसी नाच जात्राको रूपमा प्रदर्शन हुँदै आएको छ।  यो नाचको आयोजना तथा संयोजनको सन्दर्भमा नेवाः ऐतिहासिक सांस्कृतिक भजन खलः माउ खलको रूपमा स्थापित छ।  यो खलले यस वर्ष पनि विगतका दिन झै सम्पूर्ण व्यस्थापन र संयोजन गर्दै नाचको विकास, संरक्षण र प्रवर्धन गर्ने मुख्य उद्देश्य राखेको छ।  

पुलुकिसी नाच नगदेशमा प्रदर्शन हुने विभिन्न ऐतिहासिक नाचमध्येको एक प्रमुख नाच हो।  यो नाच श्री स्वस्थानी व्रत कथामा आधारित छ।  नगदेशमा यो नाच परापूर्वकालदेखि प्रदर्शन हुँदै आएको छ।  नाचको सम्पूर्ण विधि श्री स्वस्थानी व्रतकथामा आधारित छ। 

नाचको मुख्य कलाकारमा जेनिस बाडे रहनुभएको थियो। त्यसैगरी, नाचको नागचाः मा श्रीजल बाडे, सहेलीद्वयमा चार्भी बाडे र दीप्सा उप रहनुभयो।