नवराज नेपाली
बागलुङ (गलकोट), माघ १७गते । भारी हिमपातका कारणका अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने क्षेत्रमा भारी हिमपात हुँदा सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडक सञ्चालनमा आएको हो ।
बागलुङ र पूर्वी रुकुम खण्डमा दुवै तर्फबाट मेसिन लगाएर हिउँ पन्छाएपछि सडक संचाल आएको इलका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिनुभयो । बागलुङ खण्डको झण्डै छ किलोमिटर सडकमा रहेको हिउँ पन्छाएको उहाँको भनाइ छ । अहिले पनि सडक छेउछाउमा बाक्लो हिउँ रहेको बताइएको छ ।
काठमाडौँबाट रुकुमपूर्व, पश्चिम रुकुम, जाजरकोट, डोल्पा लगायत पश्चिम नेपाल ५० जना यात्रु हिँउमा फसेका थिए । उनीहरुलाई जिल्ला सुरक्षा समिति रुकुम पूर्वले उद्धार गरि गन्तव्यतर्फ पठाएको छ । दुई दिनदेखि हिउँमा फसेका एक दर्जन बढी गाडी अहिले गन्तव्य तिर लागेको प्रहरी निरीक्षक मानन्धरले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सडक खुलाउनका लागि धेरै कोसिस गरेका हौँ तर हिमपात नरोकिएपछि सकिएन, धेरै प्रयास गरेपछि अहिले सडक बल्ल खुल्यो, अझै पनि सडक सहज रुपमा सञ्चालन हुने अवस्था छैन, मौसम हेरेर यात्रा गर्न जरुरी छ, सडकमा फसेका सबै गाडी अहिले गन्तव्य तिर पथाइएको छ ।