काठमाडौँ, माघ १६ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा काठमाडौँ विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सह–आयोजनामा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २२ गते हुने भएको छ ।
विश्वविद्यालय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक एवं राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई र काठमाडौँ विश्वविद्यालयअन्तर्गत विद्यार्थी कल्याण निर्देशनालयका कामु निर्देशक डा.गोकुल केसीले एक कार्यक्रमबिच शुक्रबार सम्झौता पत्र आदान–प्रदान गर्नुभयो ।
प्रतियोगितामा पाँ खेलमा प्रतिस्पर्धा हुनेछ । जसमा टेबलटेनिसमा चार, ब्याडमिन्टनमा चार, बास्केटबलमा दुई, एथलेटिक्समा ६ र भलिबलमा एक स्वर्णका लागि प्रतिस्पर्धा हुने समितिका सचिव एवं खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जानकारी दिनुभयो ।
भलिबलमा छात्रको मात्र खेल हुनेछ । शर्माकाअनुसार प्रतियोगतामा दुई सय ७९ खेलाडी सहभागी हुने छन् । दुईदिने प्रतियोगिताका खेलहरु धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको हातामा खेलाइने छ ।