• १६ माघ २०८२, शुक्रबार

नेपाल र चीनको यु–२० महिला टोलीबिच मैत्री फुटबलको तयारी पूरा

blog

खेलअघि आयोजित प्रिम्याच कन्फ्रेन्समा आफ्नो धारणा राख्र्दै नेपालकी कप्तान । तस्बिर : एन्फा

काठमाडौँ, माघ १६ गते । नेपाल र चीनको युनान युथ महिला टोलीबिच हुन लागेको यु–२० अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा भएको छ ।

दशरथ रङ्गशालामा शनिबार दिउँसो ३:०० बजे सुरु हुने खेलका लागि दुवै टोली तयार रहेको खेलअघि शुक्रबार आयोजित प्रिम्याच कन्फ्रेन्समा जानकारी दिईयो । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा), चीनको युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनिया सङ्घको संयुक्त आयोजनामा नेपाल र चीनको युवा टोलीबिच  मैत्रीपूर्ण फुटबल हुन लागेको हो । 

नयाँ वर्षको अवसर पारेर आयोजना गर्न लागिएको यस खेलले नेपाली यु–२० महिला टोलीको तयारी तथा अन्तर्राष्ट्रिय अनुभव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।