शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जनार्जन खत्री
सर्लाही, माघ १६ गते । मोटरसाइकलको ठक्करबाट सर्लाहीको चन्द्रनगर गाउँपालिका –२, बिर्ताटोलमा शुक्रबार एक महिलाको मृत्यु भएको छ । गाउँको भित्री सडकमा बीआर ३० एपी ३०३७ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ६५ वर्षीया शान्तिदेवि ठाकुरको मृत्यु भएको हो ।
बाटोमा हिँडिरहेको बेला मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएको शान्तिदेवीको उपचारको क्रममा वीरगन्ज न्यूरो अस्पताल वीरगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उहाँलाई टाउको, निधार र ढाडमा गम्भीर चोट लागेपछि उपचारका लागि अमृत हेल्थ केयर बयलवासमा ल्याइएको थियो । यहाँ उपचार सम्भव नभएपछि वीरगन्जतर्फ लगिएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल र चालक चन्द्रनगर गाउँपालिका –३, बडकुर्वाका २० वर्षीय विशाल महतो प्रहरीको नियन्त्रणमा रहेका छन् ।