सन्तोष सुवेदी
पाख्रीबास (धनकुटा), माघ १६ गते। नेपाल ज्योतिष परिषद् धनकुटाको अध्यक्षमा सरोज घिमिरे सर्वसम्मत चयन हुनुभएको छ। शुक्रबार नेपाल ज्योतिष परिषद् जिल्ला कार्यसमिति धनकुटाको छौटौं साधारणसभा तथा जिल्ला अधिवेशनले घिमिरेको अध्यक्षतामा नौं सदस्य नयाँ कार्यसमिती चयन गरेको हो।
परिषद्को उपाध्यक्षमा कुलप्रसाद तिम्सीना र जयबहादुर तामाङ, सचिवमा पेशल दाहाल, सह-सचिवमा सौरभ पोख्रेल, कोषध्यक्षमा सृजना अधिकारी रहनु भएको छ। यस्तै सदस्यहरुमा दीपक दाहाल, सञ्जीव पोख्रेल र सुदर्शन घिमिरे रहनुभएको छ। नव निर्वाचीत कार्यसमितिलाई निर्वाचन समिति तथा परिषद् कोशी प्रदेशका सचिव कमल निरौलाले पद तथा गोपनियताको सपथ ग्रहण गराउँनु भएको थियो।
ज्योतिष परिषद्ले ज्योतिषीय पद्धती र समाजनमा देखिएका समस्या समाधान गर्न आधिकारीक रुपमा इजाजत पत्र लिएर काम गर्ने निर्वाचित अध्यक्ष घिमिरेले बताउनुभयो। साथै ज्योतिषीय सेवा आवश्यक अनुसार समुदायमा दिलाउने समेत उहाँले बताउनुभयो।
यस्तै ज्योतिष परिषद् कोशी प्रदेशका सदस्य अम्बिकाप्रसाद अधिकारीले ज्योतिष परिषद् धनकुटाका लागि भवन निर्माणका गर्न धनकुटा नगरपालिका–४, अधिकारी टोलमा आवश्यक पर्ने तिन आना जग्गा निशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयोे।