• १६ माघ २०८२, शुक्रबार

दक्षिण कोरियाको औद्योगिक उत्पादन वृद्धि ०.५ प्रतिशतमा सीमित

blog

सियोल, माघ १६ गते । दक्षिण कोरियाको औद्योगिक उत्पादन सन् २०२५ मा पाँच वर्षमा सबैभन्दा कम दरमा वृद्धि भएको छ । तथ्याङ्क मन्त्रालयका अनुसार, राजनीतिक अनिश्चितताको प्रभावका कारण पहिलो अर्धवार्षिकमा औद्योगिक उत्पादन सूचकाङ्क मात्र ०.५ प्रतिशतले बढेको छ । 

यो वृद्धि सन् २०२० पछि सबैभन्दा न्यून हो । गत वर्षको सुस्त वृद्धि मुख्य रूपमा राजनीतिक अस्थिरताका कारण भएको बताइएको छ । नयाँ सरकारले सन् २०२५ को जूनमा आकस्मिक राष्ट्रपति निर्वाचनमार्फत पदभार ग्रहण गरेको थियो । उद्योग गत विवरण अनुसार, निर्माण क्षेत्रको उत्पादन १.७ प्रतिशतले वृद्धि भएको छ भने सेवा क्षेत्रको उत्पादन १.९ प्रतिशतले बढेको छ । 

निर्माताले औसत क्षमता ७२.८ प्रतिशत कायम राखेका छन्, जुन अघिल्लो वर्षको ७२.७ प्रतिशतभन्दा थोरै बढी हो । यस वर्षको दोस्रो अर्धवार्षिकमा नयाँ सरकारले लागु गरेको नगद सहायता कार्यक्रमका कारण औद्योगिक वृद्धि प्राप्त भएको बताइएको छ । डिसेम्बर २०२५ मा कृषि, पशुपालन र मत्स्य पालन क्षेत्र बाहेक सबै उद्योगको उत्पादन सूचकाङ्क अघिल्लो महिनाको तुलनामा १.५ प्रतिशतले बढेको छ । 

त्यस्तै, खुद्रा बिक्री सूचकाङ्क ०.९ प्रतिशतले वृद्धि भएको छ भने सुविधा लगानी ३.६ प्रतिशतले घटेको छ । आगामी आर्थिक अवस्था मापन गर्ने प्रमुख आर्थिक सूचकाङ्क ०.६ अङ्कले बढेर १०३.१ पुगेको छ भने हालको आर्थिक अवस्था मापन गर्ने समसामयिक सूचकाङ्क ०.२ अङ्कले घटेर ९८.५ पुगेको छ । रासस/सिन्ह्वा