वासिङ्टन, माघ १६ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नेतासँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संवाद भइरहेको दाबी गर्दै भविष्यमा पनि यस्तो वार्ता जारी रहने बताउनुभएको छ ।
चिनियाँ समाचार संस्था शिन्ह्वाका अनुसार ट्रम्पले संवाद कुन स्तरमा र कससँग भएको हो भन्ने स्पष्ट विवरण नदिए पनि अमेरिकाले इरानलाई आफ्नो परमाणु कार्यक्रम तत्काल रोक्न र देशभित्र भइरहेका विरोध प्रदर्शनका क्रममा हिंसा नियन्त्रण गर्न कडा सन्देश दिएको उल्लेख गर्नुभयो ।
यसै सन्दर्भमा अमेरिकाले इरानमाथि दबाब बढाउने रणनीति अन्तर्गत ‘अब्राहम लिङ्कन’ विमानवाहक पोत समूह तैनाथ गरेको जानकारी दिँदै ट्रम्पले सैन्य उपस्थिति कूटनीतिक चेतावनीको रूपमा रहेको सङ्केत गर्नुभयो ।
ट्रम्पले अमेरिका र इरान दुवै समयको दबाबमा रहेको उल्लेख गर्दै वार्ता सफल नहुँदा क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्न सक्ने चेतावनी दिनु भएको छ । यो घटनाक्रमले अमेरिका-इरान सम्बन्ध पुनः तनावपूर्ण मोडतर्फ उन्मुख भएको सङ्केत दिएको छ र यसले मध्यपूर्वको राजनीतिक तथा सुरक्षा सन्तुलनमा गहिरो प्रभाव पार्न सक्ने विश्लेषकको भनाइ छ । रासस/एपी