शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दमौली (तनहुँ), माघ १६ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ अस्थायी मतदाता विवरण सङ्कलन सुरु भएको छ ।
समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन पाउने जिल्लास्थित सरकारी कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दीलागयतको विवरण सङ्कन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले राससलाई बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता पालना र सुरक्षा व्यवस्था चुस्त बनाउन सरोकार भएकाहरूसँग छलफल पनि गरिसकेको छ । हालसम्म आचारसंहिता उल्लङ्घनका उजुरी नपरेका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले बताउनुभयो ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा सहभागी दुई लाख ५४ हजार ३९७ मतदाता कायम छन् । यो जिल्लामा दुई निर्वाचन क्षेत्र छन् । रासस