• १६ माघ २०८२, शुक्रबार

प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

blog

छनोट भएका सप्तरीका २८ जना खेलाडी । तस्बिर : देवराम यादव

देवराम यादव
सप्तरी, माघ १६ गते । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सप्तरी जिल्लाबाट २८ जना खेलाडी छनोट भएका छन् ।

जिल्ला छनोट क्रिकेट प्रतियोगितामा सप्तरी क्रिकेट संघले छनोट खेलाडीहरूको बन्दसूची बिहीबार सार्वजनिक गरेको हो । छनोट भएका खेलाडीहरूले प्रदेशबाट छनोट हुँदै अन्तिम टोलीमा छनोटका लागी प्रतिस्पर्धा हुने जनाएको छ ।

सप्तरीबाट छनोट भएका खेलाडीहरूमा अमित कुमार यादव, रौनक सिंह, अभिषेक कार्की, बसन्त यादव, भोला शाह, रोबिन सिंह, सौरभ झा, मन्नु दास, जेम्स बिक, रोहन दुजराज बिक, नितेश यादव ‘ए’, कर्णबहादुर बिक, पप्पु यादव ‘बी’, सुमन चौधरी, सुदीप खत्री, शिव दास, भिम यादव, संजीव मण्डल, पप्पु यादव ‘ए’, निरज यादव ‘ए’, महानन्द यादव, मोहम्मद तौफिक, प्रियांशु कर्ण, अजय यादव, सुशान्त देव, मोहम्मद सोहेल, सन्दीप यादव र विजय यादव रहनुभएको छ ।

छनोट भएका खेलाडीहरूलाई जिल्ला क्रिकेट संघका पदाधिकारीले बधाई दिनुहुँदै आगामी चरणको प्रतियोगिताका लागि अनुशासन र कडा मेहनतका साथ तयारी गर्न आग्रह गरेका छन् । उहाँहरूले यस्ता प्रतियोगिताले सप्तरी क्रिकेटको स्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।