• १६ माघ २०८२, शुक्रबार

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, माघ १६ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ८४ पैसा र बिक्रीदर १४७ रुपियाँ ४४ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ४५ पैसा र बिक्रीदर १७६ रुपियाँ १७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपियाँ ५४ पैसा र बिक्रीदर २०३ रुपियाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपियाँ ०६ पैसा र बिक्रीदर १९१ रुपियाँ ८४ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपियाँ ३३ पैसा र बिक्रीदर १०३ रुपियाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ३३ पैसा र बिक्रीदर १०८ रुपियाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपियाँ ०६ पैसा र बिक्रीदर ११६ रुपियाँ ५३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५७ पैसा र बिक्रीदर नौ रुपियाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ १४ पैसा र बिक्रीदर २१ रुपियाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ १५ पैसा र बिक्रीदर ३९ रुपियाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ २९ पैसा र बिक्रीदर ४० रुपियाँ ४६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ७० पैसा र बिक्रीदर चार रुपियाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ९८ पैसा र बिक्रीदर ४० रुपियाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ३९ पैसा र बिक्रीदर ३७ रुपियाँ ५४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ २२ पैसा र बिक्रीदर १० रुपियाँ २७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ६१ पैसा र बिक्रीदर १६ रुपियाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ५० पैसा र बिक्रीदर २३ रुपियाँ ५९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ८१ पैसा र बिक्रीदर १८ रुपियाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपियाँ ८४ पैसा र बिक्रीदर ४८३ रुपियाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपियाँ ३४ पैसा र बिक्रीदर ३९० रुपियाँ ९३ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपियाँ ४३ पैसा र बिक्रीदर ३८२ रुपियाँ ९९ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस