• १५ माघ २०८२, बिहिबार

दरबारमार्गको उडल्यान्ड होटलमा आगलागी

blog

काठमाडौँ, माघ  १५ गते । काठमाडौँको दरबारमार्गस्थित उडल्यान्ड होटलमा आगलागी भएको छ  ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान १०ः१५ बजे आगलागी भएको हो । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आगलागी नियन्त्रणमा लिने क्रम जारी रहेको बताउनुभयो ।

आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र दमकल खटिरहेको उहाँले बताउनुभयो । आगलागीको कारण भने खुलेको छैन । रासस