शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ १५ गते । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना हुनुभएको छ ।
मुटुको समस्या देखिएपछि बिहीबार उहाँलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । उहाँलाई क्याबिनमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
उहाँको स्वास्थ्य अवस्था बुझ्न पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरू अस्पताल पुग्नुभएको छ । उहाँ ७२ वर्षको हुनुहुन्छ ।