अर्जुन काफ्ले
स्याङ्जा, माघ १५ गते । प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटको उपाधी गल्याङ नगरपालिकाले जितेको छ । खुमा फाउण्डेसलने आयोजना गरेको प्रतियोगितामा गल्याङले वालिङ नगरपालिकालाई १० विकेटले पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पारेको हो ।
वर्षाका कारण सात ओभरमा झारिएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको वालिङले निर्धारित ओभरमा ३९ रन बनाएको थियो ।
वालिङबाट सुजन गौतमले १० रन बनाएपनि हरुले दोहोरो अंक बनाउन सकेन् भने गल्याङबाट तुलसीहरी भण्डारी र इसान पाण्डेले दुई दुई विकेट लिनुभयो ।
४० रनको लक्ष्य पाएको गल्याङले ३.१ ओभरमा कुनै विकेट नगुगाई लक्ष्य भेटाएको हो । गल्याङबाट दीपक प्रसाद पाण्डेले २३ र इसान पाण्डेले १३ रन बनाउनुभएको थियो ।
यहाँ एनपीएलका सन्दिप क्षेत्री, राष्ट्रिय खेलाडी इसान पाण्डे, दिपक प्रसाद डुम्रे, विपीन खत्री जस्ता खेलाडीले भरिएको टिम गल्याङले जित निकालेको हो ।
उपाधि जितेको गल्याङले सुन र हिरा जडित रनिङ सिल्ड, नगद दुई लाख रुपियाँ, कप, मेडल र प्रमाणपत्र हात पारेको हो भने उपविजेतमा वालिङले एक लाख ५० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गरेको हो ।
तृतीय स्थान हात पार्दै चापाकोटले एक लाख र सान्त्वना हरिनासले ५० हजार प्राप्त गरेको हो ।
स्यास्थ्य, शिक्षा, खेलकुद र रोजगारीमा सहयोग गर्ने लक्ष्य लिएर स्थापना भएको फाउण्डेसलने स्याङ्जालाई क्रिकेट लगायतका खेलको हबका रुपमा विकसीत गराउने र जिल्लाको खेलकुदलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । माघ २ गतेबाट सुरु भएको प्रतियोगिता ११ पालिकाको सहभागिता रहेको थियो ।