• १५ माघ २०८२, बिहिबार

नेपाली चलचित्रमा भारतीय कलाकार

blog

काठमाडौँ, माघ १५ गते । भारतीय टेलिचलचित्रका कलाकार रोहित चौधरी नेपाली चलचित्रमा देखिने हुनुभएको छ । अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनिरहेको चलचित्र ‘आचार्य’ मा उहाँ अनुबन्धित हुनुभएको हो ।

कलाकार चौधरीले ‘कुमकुम भाग्य’, ‘द्रौपदी’, ‘ब्रह्मराक्षस’, ‘दिव्यदृष्टि’, ‘कयामत कि रात’, ‘प्रेम या पहेली’, ‘अतरङ्गी’ र ‘चन्द्रकान्ता’ जस्ता थुप्रै लोकप्रिय सिरियलमा अभिनय गरिसक्नुभएको छ । अभिनेतृ सञ्चिता लुइटेल निर्मात्री रहनुभएको चलचित्रमा निखिल मुख्य भूमिकामा देखिँदै हुनुहुन्छ भने उहाँसँगै सञ्चिता, प्रमोद अग्रहरि, कामेश्वर चौरसिया, विशाल पहारीलगायतको अभिनय रहने छ ।