शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
धीरेन्द्रप्रसाद साह
राजविराज, माघ १३ गते । राजविराज ७ स्थित नेपाल टेलिकममा बिद्युत् तार सर्ट भएर सोमबार राति आगलागी भएको छ । सो आगलागीमा साढे १३ लाख बराबरको टेलिकमसम्बन्धी सामग्री जलेर नष्ट भएको छ ।
नेपाली सेना बरख गण भालुवाहीका प्रमुख सेनानी सोवितबहादुर चन्दका अनुसार आगलागीबाट सिम, कम्प्युटर, प्रिन्टर, टुलबक्स, टेलिकम तार, कुलर हेलोजिङ हिटर, स्टेसनरी सामान तथा अन्य सामानहरू जलेर नष्ट भएको छ । यी सामानहरू जलेर नष्ट हुँदा टेलिकमलाई १३ लाख ४७ हजारको क्षति भएको उहाँले बताउनुभयो ।
बरख गण भालुवाहि ब्यारेकका उपसेनानी कुलबहादुर महतको कमाण्डमा १ः१५ को नफ्री दमकलसहित पुगेको नेपाली सेनाका टोलीको सहयोगमा आगो नियन्त्रणमा लिएको बरख गण भालुवाहिले जनाएको छ ।