शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ १३ गते । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘नेपाल कल्चरल इन्टरनेसनल चलचित्र महोसवको सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ देखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा आयोजना हुने महोत्सवमा ३९ देशका ८५ चलचित्र प्रदर्शन हुने छन् ।
काठमाडौँमा विश्वभरका सांस्कृतिक, सामाजिक र सिर्जनात्मक चलचित्रको प्रवर्धन गर्ने उद्देश्यले विगत सात वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो महोत्सव नेपालकै एक प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र उत्सवका रूपमा स्थापित हुँदै गएको आयोजकको भनाइ छ । यस वर्ष महोत्सवमा ७५ भन्दा बढी देशबाट सात सय चलचित्र प्राप्त भएका थिए । तिनबाट चयन भएका चलचित्र प्रदर्शन गर्न लागिएको हो ।