शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ ६ गते । सुरुवाती वलियो अग्रता जोगाउन नसक्दा नेपालले थाइलायन्डमा जारी साफ फुटसल च्याम्पियनसिपमा पाकिस्तानसँग बराबरी खेलेको छ ।
नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा मङ्गलबार भएको खेलमा नेपाल पाकिस्तानसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । च्याम्पियनसिपमा नेपालको यो दोस्रो बराबरी हो ।
नेपालले यस अघिल्लो खेलमा भारतसँग ३–३ गोलको बराबरी खेलेको थियो । नेपालले पहिलो खेलमा श्रीलङ्कालाई हराएको थियो ।
तीन खेलबाट पाँच अङ्क बनाएको नेपाल तेस्रो स्थानमा छ । नेपालले अब बिहीबार चौथो खेलमा माल्दिभ्ससँग खेल्नेछ ।