शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जयकृष्ण यादव
इनरुवा, माघ ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको चार वटै निर्वाचन क्षेत्रबाट मङ्गलबार दिउँसो १ बजे मनोनयन दर्ता गराउने भएको छ । पार्टीका जिल्ला कार्यवाहक सभापति सागर दाहालले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा आफूहरुको उम्मेदवारी मनोनयन दर्ता गर्ने तयारी भएको जानकारी दिनुभयो ।
साथै सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट शरिन तामाङ, निर्वाचन क्षेत्र नम्बर २ बाट लालविक्रम थापा, निर्वाचन क्षेत्र नम्बर ३ बाट अशोककुमार चौधरी र निर्वाचन क्षेत्र नम्बर ४ बाट दीपककुमार साहले मनोनयन दर्ता गराउनुहुँदै छ ।
क्षेत्र २ का उम्मेदवार थापाले विगतको सिन्डिकेटलाई चिर्दै, सुशासन, समृद्धि र नागरिकको सर्वोच्चता स्थापित गर्न रास्वपाको तर्फबाट यस पटकको प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गर्न लागेको बताउनुभयो ।