• २० फागुन २०८२, बुधबार

‘एकजुट भएर अघि बढ्नु पर्ने’

blog

राष्ट्रिय स्वतन्त्र पार्टीको ‘परिवर्तनको उद्घोष सभा’ मा उपस्थित पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहलगायत पार्टीका नेता । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, माघ ६ गते  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेश, पहाड र हिमाल भनेर विभाजित नभई एकजुट भएर अगाडि बढ्नु पर्ने बताउनु भएको छ । सोमबार जनकपुरधामस्थित  तिरहुतिया गाछीमा आयोजित रास्वपाको ‘परिवर्तनको उद्घोष सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताउनु भएको हो । 

कार्यक्रममा रास्वपाका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र शाहले महानगर प्रमुखको भूमिकामा रहँदा मधेश र मधेशवासीका लागि पर्याप्त काम गर्न नसकेकोमा दुःख व्यक्त गर्नु भयो । उहाँले केन्द्रको अधिकारलाई विकेन्द्रीकृत गरी प्रदेशलाई अझ बलियो बनाउनुपर्ने भन्दै सबै जातजातिको सम्मान हुनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा रास्वपाका उपसभापति डिपी अर्यालले मधेशले राम्रो नेता नपाएका कारण मधेशको विकास हुन नसकेको धारणा व्यक्त गर्नु भयो । रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले सङ्घीयताप्रति पार्टीको धारणा अटुट रहेको भन्दै सुशासनको जगमा अहिलेको शासनप्रणालीलाई सुधार गर्नुपर्नेमा जोड दिनु भयो ।

यस्तै रास्वपाकी नेतृ सोबिता गौतमले देश विकासमा मधेश अग्रपङ्क्तिमा हुनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा थारू अभियन्ता सुरेन्द्र चौधरीले टीकापुर, दाङ र जनकपुरधामलाई जोड्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।