• ५ माघ २०८२, सोमबार

स्याङ्जामा कांग्रेसबाट ढकाल र मल्ल उम्मेदवार

blog

भरतराज ढकाल-भगवत प्रकाश मल्ल

अर्जुन काफ्ले
स्याङ्जा, माघ ५ गते ।
आगामी फागुन २१ ग्ते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको यहाँ नेपाली कांग्रेसले क्षेत्र नं–१ मा आँधीखोला गाउँपालिका–६ का भरतराज ढकाललाई उम्मेदवार बनाएको छ भने क्षेत्र नं–२ मा चापाकोट नपा–५ का भगवत प्रकाश मल्ललाई उम्मेदवार बनाएको हो ।

ढकाल मुक्तिनाथ विकास बैँकको सिइओ तथा अध्यक्ष बन्नु भएको हो भने निर्वाचनमा पहिलो पटक होमिनु भएको हो ।

यस्तै, मल्ल यसअघि २०७४ मा प्रदेश सभामा क्षेत्र नं–२(ख)बाट निर्वाचित हुनु भएको थियो । पार्टीले टुङ्गो लगाए पनि पत्र भने नपाएको मल्लले बताउनु भयो ।