• ५ माघ २०८२, सोमबार

धनकुटामा मनोनयन दर्ताका लागि रुट र समय निर्धारण

blog

मुख्य निर्वाचन अधिकृतको कार्यालय ।

कविराज घिमिरे 
हिले, माघ ५ गते ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, धनकुटाले मङ्गलबार हुन लागेको मनोनयन दर्ताका लागि फरक फरक राजनीतिक दललाई फरक फरक रुट र समय निर्धारण गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, धनकुटाले सोमबार एक सूचना जारी गर्दै  राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूका लागि तोकिएको आगमन रुट र समय तालिका सार्वजनिक गरेको हो ।

कार्यालयले मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित र मर्यादित बनाउन सर्वपक्षीय छलफल गरी रुट र समय निर्धारण गरिएको निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनु भयो ।   

तालिका अनुसार मङ्गलबार श्रम संस्कृति पार्टीलाई बिहान ११ बजेको समय निर्धारण गरिएको छ । त्यस्तै यलम्बर चोक वाट भीमनारायण चोक हुँदै धनकुटा नगरपालिका कार्यालय मार्ग प्रयोग भनिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई १ बजे पार्टी कार्यालय, मदन चोक भीमनायरायण चोक हुँदै आउन भनिएको छ । त्यस्तै, नेपाली कांग्रेसलाई  १ः३० मा चुवाको बोट भीमनाराण चोक हुँदै, नेपाल कम्युनिस्ट पार्टीलाई २ मा मदन चोक भीमनारायण चोक हुँदै,  राष्ट्रिय प्रजातन्त्र पार्टी २ः३० कोप्चे वाट परिचय भीमनारायण चोक हुँदै मनोनयन दर्ताका लागि आउन भनिएको छ ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३ परिचय मोड जिल्ला प्रहरी कार्यालय भीमनाराण चोक हुँदै,  नेपाल कम्युनिस्ट पार्टी (बिप्लप) लाई ३ः३० मदन चोक जिल्ला प्रहरी कार्यालय हुँदै , जनता समाजवादी पार्टी नेपाललाई ४ बसपार्क मदन चोक भीमनारायण चोक हुँदै तथा मङ्गोल नेसनल अर्गनाइजेसनले दिउँसो ४ः३० मदन चोक जिल्ला प्रहरी कार्यलयको बाटो प्रयोग गरी आउन भनिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित र मर्यादित बनाउन राजनीतिक दलसँगको छलफल पछि रुट र समय निर्धारण गरिएको जनाएको छ ।  सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूलाई तोकिएको समय र रुटको पालना गर्न आग्रह गरेको छ ।