• ५ माघ २०८२, सोमबार

अनशनरत स्वास्थ्यकर्मी र सरकारबीच पाँच बुँदे सहमति

blog

अनशरत स्वास्थ्यकर्मी र सरकारबीच सहमति ।

काठमाडौँ, माघ ५ गते ।अनशरत स्वास्थ्यकर्मी र सरकारबीच पाँच बुँदे सहमति भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको तीन सदस्यीय वार्ता समिति र संयुक्त सङ्घर्ष समितिबीच भएको छलफलबाट पाँच बुँदे सहमति भएको हो ।

सहमति पत्रमा नेपाल डेन्टल साइन्स हाइजेनिष्ट एशोसिएसनका अध्यक्ष माइकल देवकोटा, नेपाल जनस्वास्थ्य सङ्घका कार्यवाहक अध्यक्ष तेजप्रसाद दुलाल, मेडिकल ल्याबोटरी एशोसिएसन अफ नेपालका अध्यक्ष राजेन्द्र खड्का, नेपाल सिएमए संघका अध्यक्ष रामेश्वर प्रसाद, हेल्थ एशोसिएसन अफ नेपालका अध्यक्ष दाताराम अधिकारी, नेपाल सिएमए संघका प्रतिनिधि कपिल खनाल र ईश्वर चापागाईले हस्ताक्षर गर्नुभएको छ ।

सरकारले गठन गरेको समितिमा मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी, महाशाखा प्रमुख डा.भीम प्रसाद सापकोटा र अस्पताल नर्सिङ प्रशासक नुजन शर्मा हुनुहुन्थ्यो । 

सहमतिमा नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा परिषद् ऐनको दफा ४(२) बमोजिम सदस्य नियुक्ति गर्ने माग राखी आमरण अनशनमा रहनु भएका संयुक्त सङ्घर्ष समितिको मागलाई सम्बोधन गर्न स्वास्थ्य व्यवसायी परिषद ऐन, २०५३ को दफा ४(२) बमोजिम स्वास्थ्य व्यवसायी परिषदबाट सिफारिस भई आएका सदस्यहरू थप गर्ने प्रक्रियाको लागि आवश्यक कानूनी प्रक्रिया अनुरुप हुने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग पूरा गर्ने ।, निजी तथा सामुदायिक स्वास्थ्य संस्थामा कार्यरत सबै बिधा (नर्सिङ,ल्याब,डेन्टल,सामान्य चिकित्सा लगायत)ले पूर्व सहमति बमोजिमको तलबभत्ता सुनिश्चित हुने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्राचार गर्ने ।, सरकारी स्वास्थ्य संस्थामा करार सेवामा कार्यरत जनशक्तिलाई जोखिम भत्ता प्रदान गर्न आवश्यक प्रक्रिया पुरा गरी निर्देशिका र कार्यविधि तयार गर्ने ।, नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सम्बन्धमा गठित कार्यदलले मन्त्रालयमा पेश गरेको प्रतिवेदन यथाशीघ्र लागू गर्न र सो कार्यान्वयनको अनुगमन गर्न पदेश स्तरमा गठित समितिमा समावेशी हुने गरी अन्य पेशागत संघ संगठनका प्रतिनिधिहरूलाई थप गर्न पत्राचार गर्ने ।, संयुक्त सङ्घर्ष समितिका तर्फबाट आमरण अनशनमा बस्नु भएका नेपाल सिएमए संघका उपाध्यक्ष गोपाल उपाध्यायले आमरण अनशनको कार्यक्रम फिर्ता लिने लगायतका पाँच बुँदे सहमति भएका छन् । 

पाँच स्वास्थ्य संगठनको संघर्ष समितिको तर्फबाट नेपाल सिएमए संघका केन्द्रीय सदस्य गोपाल उपाध्यायले माघ १ गतेदेखि विभिन्न मागहरु राख्दै आमरण अनसन सुरु गर्नुभएको थियो ।