• १२ असोज २०८१, शनिबार

विद्यार्थी आमरण अनशनमा

blog

काठमाडौँ, असार ३० गते । त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणाली सुधारको माग गर्दै विद्यार्थीले विश्वविद्यालय परिसरमा आमरण अनशन थालेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट अनेरास्ववियुको नेतृत्वमा उनीहरू अनशन बसेका हुन् । बुधबारदेखि १३ बुँदे माग राखेर कीर्तिपुरस्थित त्रिवि उपकुलपतिको कार्यालयमा अनेरास्ववियुका केन्द्रीय नेताहरू आमरण अनशनमा बसेका हुन् ।

अनशन बस्नेहरूमा सङ्गठनका अध्यक्ष सुदेश पराजुली, उपाध्यक्ष माधव पन्तलगायत हुनुहुन्छ । त्रिविको परीक्षा प्रणालीमा सुधार गर्नुपर्ने, प्रश्नपत्र तयार गर्ने क्रममा लापरबाही गर्नेलाई कारबाही गर्नुपर्ने, त्रिविमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मिति घोषणा गर्नुपर्नेलगायतका माग राख्दै उनीहरू अनशनमा बसेको अनेरास्ववियुका अध्यक्ष पराजुलीले बताउनुभयो ।