• ५ माघ २०८२, सोमबार

डा. बाबुराम भट्टराईको गोरखा–२ बाट उम्मेदवारी घोषणा

blog

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा सदरमुकामा पत्रकार सम्मेलल गरी उम्मेदवारी घोषण गर्नुहुँदै । तस्बिर : गुण बहादुर रोका

गुणबहादुर रोका 
सुलीकोट, माघ ५ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा – २ बाट उम्मेदार घोषण गर्नुभएको छ । लामो समयसम्म चुनाव लड्ने –नलड्नेबारे मौन रहनुभएका भट्टाराईले अन्ततः गोरखाबाटै पुनः चुनावी प्रतिस्पर्धा गर्ने घोषण गर्नुभएको हो ।

गोरखा सदरमुकाममा सोमबार पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले मुलुक अहिले राजनीतिक अस्थिरता, आर्थिक मन्दी र सुशासनको गम्भीर सङ्कटमा रहेको उल्लेख गर्दै यसको समधानका लागि वैकल्पिक र नितिगत राजनीति आवश्याक भएको उहाँले बताउनुभयो ।

‘‘पुरानो सत्ता केन्द्रित राजनितिले देशलाई अगाडि बढाउन सकेन,’’ डा. भट्टराईले भन्नुभयो, ‘‘अब विचार निति र जनउत्तरदायी नेतृत्वको आवश्याक छ, जसका लागि म गोरखा – २ बाट जनताको विश्वास लिएर संसदमा जान चाहन्छु ।’’

गोरखासँग आफ्नो ऐतिहासिक, राजनीतिक र भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै डा. भट्टराईले बाँकी रहेका पुनर्निर्माण, सडक, स्वास्थ्य, शिक्षा र रोजगारीको सवालमा अझ धेरै काम गर्न बाँकी रहेको स्पस्ट पार्नुभयो ।

भट्टराईले निर्वाचनमा विचार र मुद्दाका आधारमा प्रतिस्पर्धा गर्ने स्पस्ट पार्दै लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र समावेशी विकास आफ्नो राजनीतिक एजेण्डाको केन्द्रमा रहने बताउनुभयो ।

भट्टराई २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी केन्दबाट गोरखा – २ बाट निर्वाचित हुनुभएको थियो । 

त्यस्तै, २०७० सालमा गोरखा – १ बाट संविधानसभा सदस्य हुँदै २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरी तत्कालप्न नयाँ शक्ति पार्टीबाट गोरखा –२ बाट बिवजयी बन्नुभएको थियो ।

२०७९ सालको निर्वाचनमा डा. भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लागि गोरखा – २ खाली गर्नुभएको थियो । यस पटक भने आफ्नै दलबाट उम्मेदारी दिँदै पुनः गोरखाको राजनीतिक मैदानमा फर्किन लागेका भट्टराईको निर्णयलाई चासोका साथ हेरिएको छ ।